अहिलेकै अग्रता कायम रहेमा राष्ट्रपति चुनाव ट्रम्पले जित्ने


प्रकाशित मिति : कार्तिक १८, २०७७ मंगलबार

अहिलेकै अग्रता कायम रहेमा अमेरिकी राष्ट्रपति चुनाव डोनाल्ड ट्रम्पले जीत्ने छन् । तर यही अग्रता कायम रहन्छ भन्न सकिने अवस्था भने छैन ।

बाइडेनले नेभाडा, हवाई र अहिले अग्रता कायम गरेमा राज्यमा मात्र जितेमा २५० मात्र इलेक्टोरल मत प्राप्त गर्नेछन् । ट्रम्पले अलास्का र अहिले अग्रता कायम भइरहेका राज्यमा चुनाव जितेमा २८८ इलेक्टोरल मत प्राप्त गर्नेछन् ।

अमेरिकामा राष्ट्रपति चुनाव जित्नका लागि २७० इलेक्टोरल कलेज मतको आवश्यकता पर्छ । इलेक्टोरल कलेजको कुल संख्या ५३८ रहेको छ ।

श्रोत: फक्स न्यूज

अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् ।

जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।

यदि राष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेको खण्डमा प्रतिनिधीसभाले राष्ट्रपति छान्ने र उपराष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेमा सिनेटले उपराष्ट्रपति छान्ने व्यवस्था रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com