नेपालमा थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण


प्रकाशित मिति : कार्तिक १८, २०७७ मंगलबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार १ सय ४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ४१ हजार १३४जना स‌ंक्रमणमुक्त भएका छन् ।

उपत्यकामा थपिए १६३० कोरोना संक्रमित

पछिल्लो घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ६३० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३२९, भक्तपुरमा १०८ र ललितपुरमा १९३ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार मात्र उपत्यकामा थप १ हजार ६३० जनामा संक्रमण देखिएको थियो ।

थप २० जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com