कोरोनाबिरुद्धको आष्ट्राजेनेका भ्याक्सिनलाई अनुमति दिन बेलायतबाट तीब्र पुनरावलोकन सुरु


प्रकाशित मिति : कार्तिक १६, २०७७ आईतबार

कोरोनाबिरुद्धको आष्ट्राजेनेका भ्याक्सिनलाई अनुमति दिन बेलायतले तीब्र पुनरावलोकन सुरु गरिसकेको छ । बेलायतको औषधी तथा स्वास्थ्य सेवा उत्पादन नियामक एजेन्सीले सम्भावित कोरोनाबिरुद्धको भ्याक्सिनको तीब्र पुनरावलोकन सुरु गरिसकेको आष्ट्राजेनेकाका प्रवक्ताले जनाएका हुन् ।

पुनरावलोकनका क्रममा नियामक निकायले भ्याक्सिनको क्लीनिकल तथ्यांकहरु हेर्न सक्नेछन् । साथै स्वीकृति प्रकृया तीब्र पार्न उत्पादन प्रकृया र परीक्षणबारे उत्पादक कम्पनीसँग कुराकानी समेत गर्न सक्नेछन् । आष्ट्राजेनेका भ्याक्सिनको उत्पादन अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर भइरहेको छ ।

बेलायतको औषधी तथा स्वास्थ्य सेवा उत्पादन नियामक एजेन्सीले फाइजरको कोरोनाबिरुद्धको भ्याक्सिनको पनि तीब्र पुनरावलोकन सुरु गरेको जनाइएको छ । आष्ट्राजेनेका र फाइजरका भ्याक्सिनहरु कोरोनाबिरुद्ध प्रभावकारी हुने आशा गरिएका अग्रपंक्तिका भ्याक्सिन हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै मोडेर्ना र जोन्सन एण्ड जोन्सनका भ्याक्सिन पनि अग्रपंक्तिमा रहेका छन् । मोडेर्नाले तेश्रो चरणको क्लीनिकल परीक्षण अन्तरगत सबै तीसहजारलाई भ्याक्सिनका डोजहरु दिइसकेको छ । मोडेर्ना र फाइजरका भ्याक्सिनमा कुनै समस्या नदेखिएपनि आष्ट्राजेनेका र जोन्सन एण्ड जोन्सनको भ्याक्सिन लगाएका एकएकजनामा समस्या आएपछि क्लीनिकल परीक्षण अबरुद्ध समेत भएको थियो ।

बेलायतको अष्ट्राजेनेका भ्याक्सिन बुढाबुढी र जवानहरुमा इम्युन विकाश गर्न सफल भएको कम्पनीले जनाएको छ । यो भ्याक्सिन भाइरल भेक्टर विधिबाट बनाइएको छ । यो भ्याक्सिन चिम्पान्जीम संत्रलमण हुने रुघाखोकीको कमजोर भाइरसको प्रयोग गरेर बनाइएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com