भिसा बुलेटिन: डिभी विजेता नेपालीलाई डिसेम्बरमा २७५० केसमा सिमाबन्दी


प्रकाशित मिति : कार्तिक १३, २०७७ बिहीबार

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सले नोभेम्बरको भिसा बुलेटिन जारी गर्दै डिभी विजेता नेपालीहरुलाई नोभेमबरमा २७ सय र डिसेम्बरमा २७५० केसमा सिमाबन्दी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशका कारण चालु आर्थिक बर्ष डिभी विजेताहरुले जनवरी अगाडि भिसा पाउने सम्भावना नभएपनि अमेरिकामा हुनेले भने स्टाटस एड्जस्ट गर्न सक्नेछन् ।

जनवरीपछि भने अक्टोबर, नोभेम्बर र डिसेम्बरमा योग्य ठहर गरिएका केस नम्बर हुनेहरुले प्राथमिकताका आधारमा भिसा पाउन सक्नेछन् । भिसा जनवरी अगाडि प्राप्त नहुने भएतापनि त्यस अगाडिका सबै प्रकृया पूरा गरेर आफ्नो आवेदन भिसा अन्तरवार्ताका लागि तयार राख्न कानुन व्यवसायीहरुले सुझाव दिएका छन् ।

चुनावमा निर्वाचित नभएपनि राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल जनवरी २० सम्म कायम रहने भएकाले त्यो अगाडि ट्रम्पले कार्यकारी आदेशको अवधि लम्बाउन सक्नेसमेत सम्भावना रहेको छ । जो बाइडेन निर्वाचित भएमा त्यसपछि ट्रम्पका कार्यकारी आदेशहरु उल्टाउन सक्नेछन् । तर ट्रम्प नै निर्वाचित भएमा भने कार्यकारी आदेश कार्यान्वयनमा कुनै बाधा आउनेछैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पासपोर्ट अनिवार्य गरिएपनि २०२१ को डिभी लोटरी कार्यक्रममा ६ लाख ८८ हजार ५ सय २ जना नेपालीहरु सहभागी भएका थिए । प्राथमिक आवेदन दिने नेपालीहरु ४ लाख २१ हजार ७ सय ६५ जना रहेका थिए । उनीहरुका २ लाख ६६ हजार ७३७ परिवारका सदस्यहरुसहित सहित ६ लाख ८८ हजार ५ सय २ नेपालीहरु सन् २०२१ को डिभी कार्यक्रममा सहभागी भएका थिए ।

उनीहरुले गत बर्षको अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरीका लागि आवेदन दिएका थिए । ४ लाख २१ हजार ७ सय ६५ जना आवेदकहरुमध्ये डिभी लोटरीका लागि भने जम्मा ३८०१ जना नेपालीहरु छनौट भएका थिए ।

अहिले आर्थिक बर्ष २०२२ का लागि डिभी लोटरी भर्ने अवधि जारी रहेको छ । न्युयोर्क समय अनुशार अक्टोबर ७ देखि डिभी भर्ने अवधि सुरु भएकोमा नोभेम्बर १० अपरान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने छ । नतिजा सन् २०२१ को मे ८ मा आउनेछ ।

धेरै मागका कारण वेवसाइटमा समस्या हुनसक्ने भएकाले डिभी भर्न चाहनेहरुलाई अन्तिम समयसम्म नकुर्न सुझाव दिइएको छ । ढिलो दिइएका आवेदन र कागजी आवेदन स्वीकार नगरिने जनाइएको छ । एउटा व्यक्तिले एउटा भन्दा धेरै आवेदन दिए नदिएको चेक गर्न विशेष प्रविधिको प्रयोग गरिने र एउटा भन्दा बढी आवेदन दिएका व्यक्तिको सबै आवेदन रद्द गरिने जनाइएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com