५ लाखको पुरस्कार प्याकेजसहित अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतियोगिता, अमेरिकामा बस्नेले पनि भाग लिन पाउने


प्रकाशित मिति : कार्तिक ९, २०७७ आईतबार

विश्व नै कोभिड १९ को महामारीको चपेटामा परेको विषम परिस्थितिमा समेत गायन प्रतिभा प्रोत्साहनका लागि एमएनटीभी अष्ट्रेलियाको आयोजनामा प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतियोगिता ‘हल अफ फेम सिजन २’ हुने भएको छ । नेपाल र नेपालभन्दा बाहिर विश्वका कुना कुनामा छरिएर रहेका नेपालीहरुलाई नेपाली गीत संगीतको माध्यमबाट जोड्दै उनीहरुको सिर्जनात्मकतालाई निखार्दै संगीत क्षेत्रलाई एउटा प्रतिभाशाली सर्जक प्रदान गर्ने आफूहरुको उद्देश्य रहेको आयोजकले जनाएका छन् ।

पहिलो सिजनको सफलताका साथ समाप्ति पश्चात यसलाई अझ बृहद बनाउँदै लाखौं दर्शक श्रोतामाझ लैजाने जमर्को गरिएको आयोजना गर्न लागेको हल अफ फेमलाई एमएनटीभी अष्ट्रेलियाका साथै नेपालको एक राष्ट्रियस्तरको टेलिभिजनबाट समेत प्रशारण गर्ने योजना रहेको आयोजकले जानकारी दिएका छन् ।

कार्यक्रम विशुद्ध सांगीतिक प्रतिस्पर्धा हुनेछ । यसमा निर्णायक मण्डलको चयन गरिसकिएको छ । हल अफ फेम सिजन २ को निर्णायकको भूमिकामा वरिष्ठ गायक दिप श्रेष्ठ, कन्दरा व्याण्डका गायक विवेक श्रेष्ठ र चर्चित गायिका रजिना रिमाल रहनुहुनेछ । कार्यक्रममा युवा पुस्तालाई जोड्दैजाने अभिप्रायले यसको सञ्चालन गर्ने जिम्मेवारी मिस ओसेनिया नेपाल २०२० जेमिना श्रेष्ठलाई दिइएको छ ।

प्रतिस्पर्धामा सहभागी हुन आवेदन दिने समय आगामी नोभेम्बर १५ सम्म राखिएको छ ।सहभागी हुन चाहनेले  [email protected]  मार्फत सम्पर्क गर्न सकिनेछ । अमेरिकामा बस्ने नेपालीहरु पनि सहभागी हुन सक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निर्धारित समयसीमाभित्र प्राप्त प्राप्त भएका गीतहरुमध्येबाट टप ५० को छनोट गरी निर्णायक मण्डल समक्ष प्रस्तुत गरिनेछ । त्यसपछि क्रमशः खुला प्रतिस्पर्धामा समावेश गर्दै सर्वोत्कृष्ट गायक वा गायिकाको चयन हुनेछ । आम दर्शकले अफिसियल फेसबुकमार्फत अभिव्यक्त गरेको मत र निर्णायक मण्डलको मूल्यांकनका आधारमा निर्णय हुनेछ ।

‘हल अफ फेम सिजन २’ उपाधि जित्ने प्रतियोगीले पाँच लाख नेपाली रुपैयाँ बराबरको प्याकेज प्राप्त गर्नेछन् । जसमा एक लाख नगद, गीत रेकर्ड, म्युजिक भिडियो निर्माण लगायतको प्याकेज समावेश छ । कार्यक्रमलाई नै समर्पित गर्दै छुट्टै वेवसाईट पनि सञ्चालनमा ल्याइएको छ ।

एमएनटीभी अष्ट्रेलिया सन् २०१२ मा स्थापना भई निरन्तर सञ्चालनमा रहेको छ । यसको अध्यक्ष मेलबर्नका सफल व्यवसायी एवं सामाजिक अभियन्ता चन्द्र योञ्जन रहनुभएको छ भने सम्पादकीय नेतृत्व चिरञ्जीवी देवकोटाले गर्नुभएको छ । हल अफ फेम सिजन २ को संयोजन संस्थाका ब्रान्ड म्यानेजर रमन झा र चर्चित म्युजिक भिडियो निर्देशक जीवन रसाईलीले गर्नुहुनेछ ।

कार्यक्रमलाई मेट्स ईन्टरनेशनल र क्वीन्सफोर्ड कलेजले मुख्य प्रायोजन गरेको छ भने आरजीआईटी अष्ट्रेलिया, अल्टिमेट ईन्ष्टिच्युट अफ अष्ट्रेलिया युआईएले प्रायोजन गरेका छन् । यस्तै सिटी एक्सप्रेस मनी ट्रान्सफर, ग्रेस ईन्टरनेशनल एजुकेशन एण्ड माईग्रेसन, काठमाडौं प्रोपर्टीजको साथ रहेको छ ।

हल अफ फेम सिजन २ को मिडिया पार्टनरको रुपमा सेतोपाटी, अनलाईन खबर, क्यानडा नेपाल, रातोपाटी, नेप्लीज भ्वाईस, नेपाल ट्युब, नेप्लीज अष्ट्रेलियन, क्ल्याप बोर्ड, लाहुरी टिभी, ईनेपाल, हिमालय कंगारु, दि नेपाली टाईम्स अष्ट्रेलिया, लन्डन नेपाल न्यूज, खसोखासले साथ दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com