तर्क: रविन बज्राचार्य: ट्रम्पले चुनाव जित्नसक्ने ११ आधार


प्रकाशित मिति : कार्तिक ८, २०७७ शनिबार

– रविन बज्राचार्य

रविन बज्राचार्य

अमेरिकाको चुनावी माहोलले नेपाली समाज पनि धेरै नै तातिएको छ। घर देशको राजनितिमा रमाउॅदै गर्ने हामी नेपाली आफ्नो कर्म भूमीको राजनीतिमा चासो देखाउनु पक्कै पनि राम्रो कुरा हो। आफू बस्ने देशको राजनैतिक मूल धारामा प्रवेश गर्नु पर्छ भन्ने एनआरएनको मन्त्र व्यवहारमा लागु हुँदै गएको छ । केही नेपाली मूलका ब्यक्तिहरु चुनावमा उम्मेदवारका रुपमा सहभागी छन् भने धेरै नेपाली अमेरिकनहरु आफुलाई रिपब्लिकन र डेमोक्र्याट भन्दै चुनावी माहौलमा होमिएका छन्।

यो अवस्थामा यसपटकको चुनाव ट्रम्पले जीत्ने केही आधारहरु देखिएका छन् ।

१, ट्रम्प प्रशासनले ओबामा केयर अन्तरगत स्वास्थ्यबिमा लिनै पर्ने बाध्यात्मक कानुनलाई सदनबाट हटाएको छ। जसले गर्दा धेरै मध्यमबर्गका अमेरिकनको बर्षेनी केही हजार डलर जोगिएको छ भने महँगो स्वास्थ्य बिमाबाट छुटकारा मिलेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२, आयकरमा छुटको ब्यवस्था गरेको छ। जसका कारण मध्यमबर्गका कामगर्ने अमेरिकनहरुको बर्षेनी २ हजार डलर भन्दा बढी रकम जोगिएको छ। तर सरकारबाट विभिन्न शीर्षकमा राहत लिएर खाने र कम आम्दानी भएकाहरुलाई खासै मद्दत पुग्दैन। कर्पोरेट ट्याक्समा दिइएको छुटका कारण ब्यापार ब्यवसायहरुको नाफा बढेको छ भने कम्पनीहरुले अत्याधिक मात्रामा रोजगार सिर्जना गर्दा, बेरोजगार संख्या महामारी अगाडिसम्म ऐतिहासिक रुपमा कम भयो ।

३, शेयरबजार भाउ अध्याधिक मात्रामा बढेको छ भने जसले गर्दा मध्यमबर्गका कामदारको सम्पतिमा समेत अत्याधिक बृद्धि भएको छ। स्मरण रहोस कर्मचारीहरुको कमाइको केहि प्रतिशत ४०१ के नामक संचयकोषमा जम्मा हुन्छ। सो कोषले लगानी गर्ने भनेको नै शेयर बजारमा हो। शेयर बजारको भाउ बढेपछि त्यो कोषको भाउ पनि बढ्छ। यसो हुनु भनेको संचित रकमको मूल्य बढ्नु हो। समग्रमा मध्यमबर्गको सम्पति ऐतिहासिक रुपमा बृद्धि भएको छ।अमेरिकी जनता पहिले भन्दा बढि धनी भएका छन्।

४, विगतमा अत्याधिक मात्रामा डेमोक्रेटिक पार्टीलाई भोट गर्दै आएका काला र ल्याटिनो समूहको आर्थिक स्तर र रोजगार अत्याधिक मात्रामा बृध्दि भएको छ। जसले गर्दा यस समूहका केही व्यक्तिबाट समेत ट्रम्पलाई भोट आउने देखिन्छ ।

५, ट्रम्पको चीन सम्बन्धि ब्यापार नीतिका कारण चीनबाट आयात हुने स्टिलमा २५ प्रतिशतको को भन्सार प्रणालीका कारण चीनबाट अमेरिकामा सस्तो भाउमा स्टिल डम्पिंग रोकिएको छ । स्टिल उद्योगमा रोजगारी र नाफा बढ्न गएको छ। फलस्वरुप पेन्सिलभेनिया जस्ता स्टिल उद्योग भएका राज्यहरुका कामदारहरुको रोजगारी सुरक्षित हुन पुगेकोले ति कामदारहरुका भोटबाट स्विंग स्टेट पेन्सिलभ्नियामा ट्रम्पले जित्ने देखिन्छ । साथै यसै नीतिका कारण चीनबाट आयात गरिएको सामानहरुको भंसार लगाउँदा अर्बौ डलर उठेको छ। जस मध्येबाट ४१ बिलियन डलर कृषकहरुलाई राहत स्वरुप बाँडिएको छ। यसकारण ओहायो, आयोवा जस्ता कृषि प्रधान राज्यमा कृषकहरुको भोट ट्रम्पलाई आउने देखिन्छ ।

६, ट्रम्पका कारण अमेरिका पहिला भन्दा बढि सुरक्षित महशुस भएको छ। हजारौं अपराधी आप्रवासीहरुलाई ट्रम्प प्रशासनले देश निकाला गरेको छ। अपराधीहरुले भोट समेत हाल्न नपाइने संघिय कानुन भएको देशमा अपराधी निष्काशित गर्नु ठूलो कुरा होइन। साथै दक्षिणी सिमामा पर्खाल लगाउने काम जारी हुँदा सिमा क्षेत्रमा अपराधिक गतिविधी घटेको छ। जसका कारण देश भरिका श्वेत अमेरिकनहरु खुशी छन् र उनीहरुको भोट पनि ट्रम्पले नै पाउने निश्चित छ।

७, ट्रम्पले तीनजना न्यायाधिसलाई सर्वोच्चअदालतमा मनोनित गरेर सर्वोच्च अदालतलाई कन्जरभेटिभमय बनाएका छन् । जसका कारण पनि ट्रम्पका भोट थपिनेछन् ।

८, ट्रम्पले नाफ्टा जस्ता सन्धि तोडेर अमेरिकाको हितमा नयॉ सन्धि गरेका छन् । नाटोमा पनि अरु राष्ट्रहरुलाई भारी मात्रामा रकम बुझाउन बाध्य गरेका छन् । साथै अमेरिकाको हित बिपरित रहेको पेरिस सम्झौता पनि भंग गरेका छन् ।

९, ट्रम्पको पालोमा बिश्वमा शान्तिको बिस्तार भएकोछ। आतंककारी संस्था आईसीस इतिहासमात्र बनेको छ । कोरियाका रकेटम्यानलाई समेत आफ्नो लाइनमा ल्याएका छन् । इरानलाई लाइनमा ल्याउन इरानमुखी सन्धि भंग गर्नुका साथै सुलेमानी समेतलाई ईतिहास बनाइ दिनाले बिश्वमा शान्ति कायम छ। मध्यपूर्वमा शान्तिका लागि यूएई, बहराइन र इजरायललाई एकै ठाउॅमा उभ्याएर हस्ताक्षर गराउन सफल भएका छन् ।

१०,  बाइडेनको २०३५ भित्रमा जिरो इमिसन योजनाका कारण मिशिगन लगायतका कार उद्योग रहेका क्षेत्रका कामदारहरु आफ्ना रोजगारका बारेमा चिन्तित छन्। त्यसैले पनि ति क्षेत्रका जनताहरुले ट्रम्पलाई नै बढी मतदान गर्ने देखिएको छ ।

११,  ट्रम्पले बोलेका कुराहरु पूरा गरेका छन् भने बाइडेन ४७ बर्ष केन्द्रमा शक्तिशाली ब्यक्तिका रुपमा रहॅदै गर्दा जनतालाई खासै राहत पुर्याउन सकेनन् । अहिले आएर यो गर्छु त्यो गर्छु भन्दा जनताले सहजै पत्याउने अवस्था छैन ।

अमेरिकामा देश भर पपुलर मत ल्याउनेले नै चुनाव नजित्न पनि सक्छ । इलेक्टोरल कलेजबाट राष्ट्रपति चुनिने हो। जन संख्याको आधारमा प्रत्येक राज्यबाट निश्चित संख्यामा इलेक्टोरल कलेजहरु चुनिन्छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com