ट्रम्प -बाइडेन बहस: महामारीदेखि जातीय विभेदसम्मका विषयमा आरोप प्रत्यारोप


प्रकाशित मिति : कार्तिक ६, २०७७ बिहीबार

अमेरिकी राष्ट्रपतिको चुनाव आउन १२ दिनमात्र बाँकी रहँदा दुई राष्ट्रपति उम्मेदवारहरु डोनाल्ड ट्रम्प र जो बाइडेनबीच आजको अन्तिम राष्ट्रपतीय बहसमा महामारीदेखि जातीय विभेदसम्मका विषयमा आरोप प्रत्यारोप भयो ।

ट्रम्पले अबको केही सातामा कोरोनाबिरुद्धको भ्याक्सिन घोषणा गरिने बताए  । सेनाले भ्याक्सिन वितरण गर्ने उनले बताए । उनले यो महामारी विश्वब्यापी रहेकोमा जोड दिए । उनले जोन्सन एण्ड जोन्सन, मोडेर्ना र फाइजर लगायतका कम्पनीले उत्पादन गरेको भ्याक्सिनको परीक्षण राम्रो भइरहेको बताए ।

ट्रम्पले कोरोना महामारी छिट्टै अन्त्य हुने बताए । बाइडेनले कोरोना महामारी अन्त्यका लागि ट्रम्पसँग कुनै योजना नरहेको तर आफूले यसलाई अन्त्य गर्ने बताए । आफूहरुसँग यसबारे योजना रहेको उनले बताए । मास्क मात्र लगाएको भएपनि १ लाखको ज्यान बच्ने बाइडेनले बताए ।

आजको बहसमा बाइडेन मास्क सहित आएका थिए । तर ट्रम्प भने मास्क नलगाई आएका थिए । ट्रम्पले आफू अहिलेका लागि इम्युन रहेको बताए । तर यो ४ महिनामात्र रहन्छ वा सधैभरी कसैले भन्न नसक्ने बताए ।

ट्रम्पले कोरोनाबिरुद्धको भ्याक्सिन छिट्टै आउने पटकपटक प्रतिबद्धता जनाए । आफूहरु भाइरससँग बाँच्न सिकिरहेको बताउँदै ट्रम्पले बाइडेन जस्तै आफूलाई बेसमेन्टमा बन्द गरेर बस्न नसक्ने बताए । भाइरस संक्रमण भएपछि आफूले धेरै कुरा सिकेको ट्रम्पले बताए ।

जवाफमा बाइडेनले मान्छेहरुले भाइरससँग बाँच्न होइन मर्न सिकिरहेको बताए । ट्रम्पले यो संकटको कुनै जिम्मेबारी नलिएको बाइडेनले आरोप लगाए ।

बाइडेन र ओबामाले राम्रो काम गरेको भए आफू चुनाव उठ्नै नपर्ने तर उनीहरुले राम्रो काम नगरेका कारण आफू चुनावमा उठ्नुपरेको ट्रम्पले बताए ।

ट्रम्पले आफू अब्राहम लिंकनपछि अश्वेत अमेरिकनका लागि सबैभन्दा राम्रो राष्ट्रपति भएको दावी गरे । तर बाइडेनले भने संस्थागत रुपमा नै जातीय विभेद भइरहेको आरोप लगाए ।

भएको उक्त बहसको संचालन क्रिस्चेन वेल्करले गरेकी थिइन् ।

आजको बहसमा मुख्य ६ वटा शीर्षक  कोभिड १९ बिरुद्धको लडाई, अमेरिकन परिवार, अमेरिकामा जातीयता, मौषम परिवर्तन, राष्ट्रिय सुरक्षा र नेतृत्व विषयमा बहस भयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com