अमेरिकी सरकारले एकैपटक ११ सय बढीको ओपीटी वर्क परमिट खारेज गर्दै


प्रकाशित मिति : कार्तिक ५, २०७७ बुधबार

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले ११ सयभन्दा धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरुको ओपीटी कार्यक्रम अन्तरगतको वर्क परमिट खारेज गर्ने भएको छ । उनीहरुको वर्क परमिट या त खारेज गरिने छ या त नविकरण गरिनेछैन ।

ओपीटी कार्यक्रममाथिको कारवाही स्वरुप यो कदम चालिएको होमल्याण्ड सेक्युरिटीले बुधबार जनाएको छ । यो सातामात्र युएससीआईएसले ७ सय जना ओपीटी प्राप्तकर्ताहरुलाई पत्र पठाएर उनीहरुको वर्क परमिट खारेज गर्ने जनाएको छ ।

अरु ४ सय अन्तर्राष्ट्रिय विद्यार्थीहरुको ओपीटी अन्तरगतको वर्क परमिट नविरकण नगरिने जनाइएको छ । ओपीटी अन्तरगतको वर्क परमिटले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई अमेरिकामा विद्यार्थी भिसामा रहँदा आफ्नो अध्ययनको क्षेत्रमा अस्थायी रुपमा काम गर्न अनुमति प्रदान गर्छ ।

अहिले अमेरिकामा २ लाख २० हजार भन्दा धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरु ओपीटी कार्यक्रममा रहेका छन् । तर होमल्याण्ड सेक्युरिटीले ११ सय जालसाजीमा संलग्न भएको निष्कर्ष निकालेको छ । उनीहरुले आफ्नो पढाईको क्षेत्रबाहेक अन्य काम गरेको जनाइएको छ ।

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले १५ गैरआप्रवासी अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई पनि पक्राउ गरेको बुधबार जनाएको छ । उनीहरुले हुँदै नभएको कम्पनीमा काम गरेको झुठो दावी गरेको जनाइएको छ । ओपीटीमा जालसाजी रोक्न आइस र होमल्याण्ड सेक्युरिटीले अपरेशन अप्टीकल इलुजन संचालन गरिरहेको छ ।

गत जनवरीदेखि ओपीटी कार्यक्रमको नियम उल्लंघन गर्ने विद्यार्थीहरुमाथि अनुसन्धान र छानविन सुरु गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com