Follow @khasokhasmag

नेपालमा एकैदिन थपिए हालसम्मकै धेरै ५ हजार ७४३ संक्रमित, २६ जनाको मृत्यु


प्रकाशित मिति : कार्तिक ५, २०७७ बुधबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा ५ हजार ७४३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका योसँगै कुल संक्रमितको संख्या एक लाख ४४ हजार ८७२ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ९९ हजार ६०५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ९९६ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

हाल नेपालमा ४४ हजार ४७६ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेसनमा रहनेको संख्या १४ हजार ६७६ छ भने होम आइशोलेसनमा २९ हजार ८०० जना छन् । क्वारेन्टिनमा रहेको संख्या ४ हजार ६५ छ ।

उपत्यकामा एकैदिन थपिए ३१०७ संक्रमित

काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप ३ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २३९१, ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जनामा कोरोना संक्रमण देखिएको हो । मंगलबार मात्र उपत्यकामा १ हजार ७०२ जनामा कोरोना पुष्टि भएको थियो ।

थप २६ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७९१ पुगेको छ ।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com