नेपालमा थप ३ हजार ९३ जनामा कोरोना संक्रमण


प्रकाशित मिति : कार्तिक ४, २०७७ मंगलबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।योसँगै कुल संक्रमितको संख्या एक लाख ३९ हजार १२९ पुगेको छ ।  संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ९६ हजार ६०९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार १०८ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

हाल नेपालमा ४१ हजार ७७५ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेसनमा रहनेको संख्या १३ हजार ५५९ छ भने होम आइशोलेसनमा २८ हजार १९६ जना छन् । नेपालमा पछिल्लो २४ घण्टामा १३ हजार ८६१ जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । क्वारेन्टिनमा रहेको संख्या ४ हजार २२० छ ।

थप ८ जनाको मृत्यु

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७६५ पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com