अमेरिका निवासी कांग्रेस महासमिति सदस्य भण्डारीबाट बिपन्न परिवारलाई आर्थिक सहयोग


प्रकाशित मिति : कार्तिक ३, २०७७ सोमबार

नेपाली कांग्रेसका महासमिति सदस्य हरिबोल भण्डारीले कोरोना महामारीका कारण समस्यमा रहेका बिपन्न परिवारलाई आर्थिक सहयोग गरेका छन् । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति सल्लाहकार समेत रहेका  भण्डारीले काठमाडौं निर्वाचन क्षेत्र नम्वर ३ का सबै वडाहरुमा कुल  ९ लाख ७५ हजार नगद सहयोग गरेका हुन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्वर ३ का १३ वटै वडाभित्र रहेका बिपन्न परिवारलाई छनौट गरी प्रतिवडामा ७५ हजारका दरले रकम वितरण गरेका छन् । काठमाण्डौंमा एक सार्वजनिक कार्यक्रमको आयोजना गरी क्षेत्रिय सभापति सन्तोष चालिसे लगायतका पदाधिकारीहरुको सहभागितामा इकाई सभापति मार्फत राहत रकम हस्तान्तरण गरिएको भण्डारीले जानकारी दिए ।

भण्डारीले कोभिड १९ का कारण अप्ठ्यारोमा परेका विपन्न परिवारलाई नेपालीहरुको महान चाड दशैको मुखमा सानो भएपनि सहयोग पुगोस भन्ने हेतुले सहयोग गरेको जानकारी दिए ।

हाल अमेरिका बस्दै आएका भण्डारी  नेपाल तरुण दलका पूर्वकेन्द्रिय सदस्य समेत हुन् ।

राहत वितरण कार्यक्रममा क्षेत्रीय सभापति तथा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, जिल्ला कोषाध्यक्ष गोबिन्द पुडासैनी, प्रदेश सभा सदस्य छिरिंङ दोर्जे लामा, महाधिवेशन प्रतिनिधि दिपक रिसाल, दुर्गा बराल, राजु सुनार लगायतको सहभागिता थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com