Follow @khasokhasmag

नेपालमा थप ३ हजार ७९० जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु


प्रकाशित मिति : कार्तिक ३, २०७७ सोमबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या एक लाख ३६ हजार ६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ९४ हजार ५०१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ३३५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

हाल नेपालमा ४० हजार ७७८ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेसनमा रहनेको संख्या १३ हजार ८५१ छ भने होम आइशोलेसनमा २६ हजार ९२७ जना छन् । नेपालमा पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । क्वारेन्टिनमा रहेको संख्या ४ हजार ४७० छ ।

उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप २ हजार ३८८ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप २ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २००८, ललितपुरमा २८१ र भक्तपुरमा ९९ जनामा कोरोना संक्रमण देखिएको हो । आइतबार मात्र उपत्यकामा १ हजार ६९८ जनामा कोरोना पुष्टि भएको थियो ।

थप १८ जनाको मृत्यु

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७५७ पुगेको छ ।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com