सिराहा र सप्तरीका विद्यालयमा कम्प्युटर ल्याब बनाउन अमेरिकामा ओम दाहालको म्याराथन


प्रकाशित मिति : कार्तिक १, २०७७ शनिबार

अमेरिकाको इन्डियानामा बस्दै आएका तेह्रथुमका ओम दाहालले २०२० डेट्रोइट म्याराथन  पूरा गरेका छन् । एसोसिएसन अफ नेपलिज इन मिडवेष्ट अमेरिकाका महासचिव समेत रहेका दाहालले उक्त संस्थासँगको सहकार्यमा सिराहा र सप्तरीका जनता माध्यमिक सुखिपुर, जनता चेथरु जितन माध्यमिक सुखिपुर र राजेन्द्र देवकी माध्यमिक कोइलाडी तिलाठीमा कम्प्युटर ल्याब बनाउने उद्देश्यले म्याराथन पूरा गरेका हुन् ।

बिगत पाँच वर्ष देखि हरेक वर्ष म्याराथन दौडदै आएका दाहालले हरेक वर्ष म्याराथन मार्फत संसारको विभिन्न ठाउमा बसोबास गर्ने साथीभाई, शुभ चिन्तक र सहयोगी संघ संस्थाहरुसँग सहकार्य गरि फण्ड संकलन गरेर उक्त फण्ड मार्फत नेपालमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्दै आएका छन् ।

सन् २०१६ मा इन्डिन्यापोलिस मोनुमेन्टल म्याराथनमार्फत तेह्रथुममा एम्बुलेन्स, सन् २०१७ मा शिकागो म्याराथनमार्फत नवलपरासीको यादव माध्यमिक बिद्यालय मा छात्रामैत्री शौचालय, सन् २०१८ को मरिन कप्र्स म्याराथन वार्सिटन डिसीमार्फत तेह्रथुमको शंकर र जन ज्योति माध्यमिक बिद्यालयहरूमा कम्प्युटर ल्याब , सन् २०१९ को न्युयोर्क मार्फत जाजरकोट का ४ वटा बिधालयहरू शिब शंकर, दीपेन्द्र, भगवती र श्री शंकर भवन माध्यमिक बिधालयहरूमा कम्प्युटर ल्याबको व्यवस्था गरिएको दाहालले जानकारी दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्राउन प्वाइन्ट इन्डियानामा बिहान साढे ६ बजे सुरु भै ११ बजे सकिएको भर्चुअल म्याराथनमा उक्त स्थानमा रहने नेपाली बिक्रम श्रेष्ठले दाहालसंगै झण्डै २६ माइल साइकलमा यात्रा गरि दौडमा आइपर्न सक्ने बाधा ब्यबधानको जिम्मा लिई सहयोग गरेका थिए ।

त्यस्तै सोहन खतिवडा, गोकर्ण अर्याल, बीर काफ्ले, प्रभा अर्याल र प्रिशा अर्यालले बाटोको बीचबीचमा पानी तथा फलफुलको व्यवस्था गरेका थिए । एन्माका पूर्व उपाध्यक्ष सोहन खतिवडाले दाहाल लाइ पदक पहिराई दिएका थिए ।

२० वटा कम्प्युटर, १ प्रिन्टर, १ प्रोजेक्टर सहितका तीन वटा कम्प्युटर ल्याब निर्माण गर्ने लक्ष्य भएको यो अभियान को अनुमानित लागत नेपाली रुपया चौध लाख रहेको छ । रकम संकलनका लागि दाहालले गोफण्डमी मार्फत अभियान संचालन गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com