KHASOKHAS ON GOOGLE NEWS Fact Checking Stories of Hope Resource Center Donate to Khasokhas KHASOKHAS MAGAZINE Terms of Service/Privacy Policy (English)

नेपालमा थप ३ हजार १६७ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

प्रकाशित मिति : कार्तिक १, २०७७ शनिबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै कुल संक्रमितको संख्या एक लाख २९ हजार ३०४ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ८९ हजार ८४० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ८०० जना उपचारपछि डिस्चार्ज भएका छन् ।

हाल नेपालमा ३८ हजार ७३७ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेसनमा रहनेको संख्या १३ हजार २९९ छ भने होम आइशोलेसनमा २५ हजार ४३८ जना छन् । नेपालमा पछिल्लो २४ घण्टामा १५ हजार ४३८ जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । क्वारेन्टिनमा रहेको संख्या ४ हजार ७१५ छ ।

 उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप १ हजार ७४६ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप १ हजार ७४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ जनामा कोरोना संक्रमण देखिएको हो । शुक्रबार मात्र उपत्यकामा २ हजार ४०२ जनामा कोरोना पुष्टि भएको थियो ।

थप १२ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७२७ पुगेको छ ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral
Magazine Layout: Deel Gurung

Contact Us

© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com