दोलखामा गुम्बा बनाउन न्युयोर्कका नेपालीबाट ५ लाख ३६ हजार सहयोग


प्रकाशित मिति : आश्विन २९, २०७७ बिहीबार

दोलखा गौरीशंकर गाउपालिका ७ सिक्पास्वरमा निर्माण भैरहेको गुम्बाको लागि अमेरिको न्युयोर्कमा रहेका नेपालीहरुबाट संकलित रकम हस्तान्तरण गरिएको छ ।

गुम्बा निर्माणका लागि न्युयोर्कमा पासाङ शेर्पाको संयोजकत्वमा संकलित रकम गुम्बा समिति अध्यक्ष तेण्डु शेर्पाको नाममा पठाइएको हो ।

संयोजक शेर्पाले आफ्नै गाउँ ठाउमा निर्माण भैरहेको उक्त गुम्बाका लागि न्युयोर्कमा विभिन्न महानुभावहरुबाट संकलन भएको रकम ५ लाख ३६ हजार पन्चानब्बे रुपैया गुम्बा ब्यबस्थापन समितिलाई पठाएका हुन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com