‘निरोगी र जवानले भ्याक्सिनका लागि २०२२ सम्म कुनुपर्ने’ – विश्व स्वास्थ्य संगठन


प्रकाशित मिति : आश्विन २८, २०७७ बुधबार

निरोगी जवान व्यक्तिले २०२२ सम्म कोरोनाबिरुद्धको भ्याक्सिन नपाउनसक्ने विश्व स्वास्थ्य संगठनकी प्रमुख वैज्ञानिक डाक्टर सौम्या स्वामीनाथनले बताएकी छिन् । उनले सुरुमा स्वाथ्य क्षेत्रमा काम गर्नेहरु, अग्रमोर्चामा काम गर्नेहरु र बुढाबुढीहरुले सुरुमा भ्याक्सिन पाउने देखिएको बताएकी छिन् ।

उनले सन् २०२१ सम्ममा विश्वमा कम्तीमा एउटा सुरक्षित र प्रभावकारी कोरोनाबिरुद्ध भ्याक्सिन आउने आशा व्यक्त गरेकी छिन् । तर यो अत्यन्तै सिमित संख्यामा उपलब्ध हुने उनले बताइन् ।

भ्याक्सिनबारे कैयन गाइडलाइनहरु आउने उनले बताइन् । तर जवान र निरोगी व्यक्तिले भ्याक्सिनका लागि २०२२ सम्म कुनुपर्ने आफूलाइै लागेको उनले बताइन् ।

उनले भनिन् – ‘मान्छेहरुले सोंचेका होलान् कि जनवरीमा वा अप्रिलसम्म मैले भ्याक्सिन पाउनेछु, अनि सबैकुराहरु साधारण हुनेछन् । तर यस्तो हुनेवाला छैन ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिले विश्वमा १० वटाभन्दा धेरै कोरोनाबिरुद्धका भ्याक्सिन अन्तिम चरणको परीक्षणका क्रममा रहेका छन् । अमेरिकामा मोडेर्ना र फाइजरका भ्याक्सिनहरु तेश्रो चरणको क्लीनिकल परीक्षणमा रहेका छन् । बेल्जियमको जोन्सन एण्ड जोन्सन र बेलायतको आष्ट्राजेनेका भ्याक्सिनको पनि तेश्रो चरणको क्लीनिकल परीक्षण भइरहेको छ ।

अमेरिकाले यसबर्षको अन्त्यसम्ममा भ्याक्सिन आउने अपेक्षा गरेको छ । अमेरिकाले भ्याक्सिनका लागि विश्व स्वास्थ्य संगठनसँग सहकार्य नगर्ने बताइसकेको छ । तर पनि अमेरिकामा पनि पहिले जोखिमपूर्ण समुदायलाई भ्याक्सिन दिने तयारी गरिएको छ ।

अमेरिकाले आफै स्वतन्त्ररुपमा नै ६ वटा कम्पनीसँग भ्याक्सिनका करोडौं डोजहरु सुरक्षित गरिसकेको छ । अमेरिकाका उच्च स्वास्थ्य अधिकारीहरुले सन् २०२१ को मध्यसम्म सबै अमेरिकनले भ्याक्सिन पाइसक्ने बताएका छन् ।

विश्व स्वास्थ्य संगठनले भने विभिन्न देशहरुलाई भ्याक्सिन उपलब्ध गराउनका लागि कोभ्याक्स कार्यक्रम सुरु गरेको छ । चीन, बेलायत लगायतका १७० देशहरु यो कार्यक्रममा सहभागी भएपनि अमेरिका भने यसमा सहभागी छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com