न्युयोर्क उडसाईडमा ट्रेनको ठक्करबाट नेपाली महिलाको घटनास्थलमै मृत्यु


प्रकाशित मिति : आश्विन २८, २०७७ बुधबार

न्युयोर्कको क्वीन्स उडसाईडमा रेलको ठक्करबाट नेपाली महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोक घर भई न्युयोर्कमै बस्दै आएकी पारू श्रेष्ठको निधन भएको हो ।

लङ आइल्याण्ड रेल रोडको रेलले मंगलबार बिहान ५ बजे ठक्कर दिंदा श्रेष्ठको निधन भएको हो । उनलाई जिनाको नामले चिनिदै आएको थियो ।

कामबाट फर्केपछि उनी राती ११ बजेतिर घरबाट निस्केको जनाईएको छ । त्यसको भोलिपल्ट विहान ट्रेनको ठक्करबाट निधन भएको हो । त्यतिबेला न्युयोर्कमा लगातार पानी परिरहेको थियो ।

एमटीए प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । तर प्रहरीले यो घटना कुनै आपराधिक घटनासँग सम्बन्धित भएको आशंका भने गरेको छैन ।

उनको दाहसंस्कार आगामी शनिवार गरिने जनाईएको छ ।

रेलको ठक्करपछि उनको घटना स्थलमै निधन भएको थियो । घटना पछि केहीबेर जमैका र पेन स्टेसन बीच यातायात रोकिएको थियो ।

अनधिकृत रुपमा उक्त स्थानमा प्रवेश गर्दा सामान बोक्ने रेलले उनलाई ठक्कर दिएको प्रहरीले बताएका छन् ।

उक्त घटना पहि चिकित्सा टोली त्यहाँ पुगेका थिए । उक्त टोलीले श्रेष्ठलाई मृत घोषणा गरेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com