Follow @khasokhasmag

नेपालमा थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण, १८ को मृत्यु


प्रकाशित मिति : आश्विन २७, २०७७ मंगलबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख १५ हजार ३५८ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ७८ हजार ७८० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ५०३ जना उपचारपछि डिस्चार्ज भएका छन् । ६९.१ प्रतिशत संक्रमित निको भएका छन् ।

हाल नेपालमा ३५ हजार ९१५ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेसनमा रहनेको संख्या १५ हजार ४८ छ भने होम आइशोलेसनमा २० हजार ८६७ जना छन् । नेपालमा पछिल्लो २४ घण्टामा १५ हजार ५७७ जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । क्वारेन्टिनमा रहेको संख्या ४ हजार ७९५ छ ।

उपत्यकामा आज २१२९ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप २ हजार १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १७४६, ललितपुरमा २१६ र भक्तपुरमा १६७ जनामा कोरोना संक्रमण देखिएको हो । सोमबार मात्र उपत्यकामा २ हजार २८३ जनामा कोरोना पुष्टि भएको थियो ।

थप १८ जनाको मृत्यु

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६६३ पुगेको छ ।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com