आज मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो रङको देखिने


प्रकाशित मिति : आश्विन २७, २०७७ मंगलबार

नासाको जानकारी अनुसार १३ अर्थात् अर्थात् आज मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो रङको देखिनेछ ।वास्तवमा यो एक यस्तो दुर्लभ खगोलीय घटना हो जसमा मंगल ग्रह, पृथ्वी र सूर्य एउटै रेखामा हुनेछन् ।यसको अर्थ यो हो कि तीनै ग्रह १८० डिग्रीमा हुनेछन् ।

यो घटनालाई खगोलशास्त्रीको भाषामा मंगल ग्रहको ‘अपोजिशन’ भनिन्छ । मंगल ग्रहको अपोशिजनको घटना प्रत्येक दुई वर्ष ९२६ महिना० मा हुन्छ ।

नासाका अनुसार मंगल ग्रह र पृथ्वी नजिक हुने खगोलीय घटना हरेक दुई वर्ष ९लगभग २६ महिना० मा एक पटक हुन्छ । त्यसैले अर्को पटक मंगल ग्रह र पृथ्वी दुबै एक अर्काको नजिक डिसेम्बर २०२२ भन्दा अघि आउने छैनन् ।

अपोजिशनको खगोलीय घटना १३ अक्टोबर भइरहे पनि गत मंगलबार अर्थात् ६ अक्टोबरमा पनि मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक आएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यद्यपि, नजिक आउँदा पनि पृथ्वीबाट मंगल ग्रहको दुरी ३८.६ मिलियन मिल थियो । अब सन् २०३५ सम्म मंगल र पृथ्वी यति नजिक आउने छैनन् ।

सन् २००३ मा मंगल ग्रह पृथ्वीभन्दा ३४.८ मिलियन मिलको दुरीसम्म पुगेको थियो जुन पछिल्लो ५९ हजार ६ सय १९ वर्षमा सबैभन्दा नजिक थियो । अब सन् २२८७ सम्म यो पृथ्वीको यति नजिक आउने छैन ।mars1_KMDHHtX0ZV.jpg

यो घटनालाई खगोल विज्ञानमा ‘मार्स क्लोज एप्रोच’ भनिन्छ । जब मार्स क्लोज एप्रोचको घटना हुन्छ तब मंगल ग्रह राती चन्द्रमा जति ठूलो देखिन्छ भनेर अफवाह फैलन्छ जुन वास्तविक होइन ।

तपाईंले टेलिस्कोपको माध्यमले यो पक्कै पनि देख्न सक्नुहुन्छ । यदि तपाईं यसलाई अझ राम्रो तरिकाले हेर्न चाहनुहुन्छ भने तपाईं आफ्ना वरिपरिको तारा घर वा एस्ट्रोनोमी सेन्टरबाट यसलाई हेर्न सक्ुहुन्छ ।

हरेक दुई वर्षमा यो खगोलीय घटना हुने भएकोले मंगल ग्रहमा जाने मिशन साधारणतया दुई वर्षको अन्तरालमा पठाइन्छ । यसो गर्दा कम दुरीको यात्रा गर्नुपर्छ, यात्रामा समय र ऊर्जा कम लाग्छ ।

हाल मंगल ग्रहका तीन मिशन सक्रिय छन् । यी तीनैलाई यसै वर्ष जुलाईमा पठाइएको थियो । संयुक्त अरब इमिरेट्सको ‘होप’ अर्बाइटर, चीनको ‘तियानवेन’ अर्बाइटर एण्ड रोवर र अमेरिकाको ‘पर्सिवियरेन्स’ रोवर ।

युरोप र रुसले पनि आफ्नो रोजालिन्ड फ्रेंकलिन रोवरलाई पठाउने बारे सोचेको थियो तर उसले आफ्नो मंगल मिशन लञ्च गर्न सकेन । अब उनीहरुले यसका लागि सन् २०२२ सम्म प्रतिक्षा गर्नुपर्नेछ ।

यूएई, चीन र अमेरिकाको मंगल मिशन फेब्रुअरी २०२१ मा मंगल ग्रहमा पुग्नेछ ।यसअघि मार्स क्लोज एप्रोचको घटना सन् २०१८ जुलाई ३१ मा भएको थियो । सन् २०१८ को मे मा नासाले मंगल ग्रह मिशन लञ्च गरेको थियो ।

पृथ्वी र मंगल ग्रहबीच दुरीमा यो परिवर्तन ग्रहको अण्डाकार कक्षाका कारण हुने गर्छ । अन्य ग्रहको गुरुत्वाकर्षणका कारण पनि ग्रहको कक्षामा लगातार हल्का–फुल्का परिवर्तन भइरहन्छन् ।

विशेषगरी वृशस्पतिको गुरुत्वाकर्षण बल जुन कक्षामा मंगल ग्रह परिक्रमा गर्छ, त्यसलाई प्रभावित गर्छ ।

मंगल ग्रहलाई रातो ग्रहको नामले पनि चिनिन्छ किनभने यसको सतहमा आइरन अक्साइड ठूलो परिणाममा पाइन्छ जसका कारण यो रातो देखिन्छ ।

मंगल ग्रह सूर्य मण्डलको दोस्रो सानो ग्रह हो । पृथ्वी जस्तै मंगल ग्रहमा उत्तर र दक्षिण ध्रुव छ जुन बरफले ढाकिएका छन् । यहाँ तापक्रम –१४० डिग्री सेल्सियससम्म पुग्छ ।

मंगल ग्रहमा उच्चतम तापक्रम २० डिग्री सेल्सियस हुन्छ । मंगल ग्रहमा २५ घण्टाभन्दा थोरै समयको दिन हुन्छ तर यहाँ वर्ष भने पृश्थपीको वर्षभन्दा करिब दोब्बर लामो हुन्छ किनभने सूर्यको परिक्रमा गर्न मंगल ग्रहलाई ६८७ दिन लाग्छ । – बीबीसी हिन्दीबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com