Follow @khasokhasmag

नेपालमा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण, ९ को मृत्यु


प्रकाशित मिति : आश्विन २६, २०७७ सोमबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै कुल संक्रमितको संख्या एक लाख ११ हजार ८०२ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ७७ हजार २७७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ४७३ जना उपचारपछि डिस्चार्ज भएका छन् । ६९.१ प्रतिशत संक्रमित निको भएका छन् ।

हाल नेपालमा ३३ हजार ८८० संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेसनमा रहनेको संख्या १३ हजार ९२३ छ भने होम आइशोलेसनमा १९ हजार ९५७ जना छन् । नेपालमा पछिल्लो २४ घण्टामा १४ हजार ५३० जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । क्वारेन्टिनमा रहेको संख्या ४ हजार ८३१ छ ।

पछिल्लो २४ घण्टामा उपत्यकामा मात्र थप २ हजार २८३ जनामा संक्रमण

काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप २ हजार २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ जनामा कोरोना संक्रमण देखिएको हो । आइतबार मात्र उपत्यकामा १ हजार ४१६ जनामा कोरोना पुष्टि भएको थियो ।

थप ९ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दुई महिला र सात पुरुष रहेका छन् ।  योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ ।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com