शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण


प्रकाशित मिति : आश्विन २५, २०७७ आईतबार

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमणको पुष्टि भएको छ । मन्त्री पोखरेलका प्रेस संयोजक सुनिल खड्काका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनलाई शनिबार पाटन अस्पतालमा भर्ना गरिएको थियो ।

स्वाब संकलन गरी पीसीआर जाँच गर्दा उनको रिपोर्ट आइतबार पोजेटिभ आएको हो ।

मन्त्री पोखरेलको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । हाल उनी अस्पतालमै उपचाररत छन् । मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले केही दिनदेखि मन्त्री पोखरेलको सम्पर्कमा रहेका सबैलाई सतर्क र सुरक्षति रहन अनुरोध गरेका छन् ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री योगेशकुमार भट्टराई पनि सङ्क्रमण देखिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com