Follow @khasokhasmag

नेपालमा थपिए हालसम्मकै धेरै ५ हजार ८ कोरोना संक्रमित, १४ को मृत्यु


प्रकाशित मिति : आश्विन २४, २०७७ शनिबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै कुल संक्रमितको संख्या एक लाख ५ हजार ६८४ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ७४ हजार २५२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार २२९ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७०.२ प्रतिशत संक्रमित निको भएका छन् ।

हाल नेपालमा ३० हजार ८१८ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेसनमा रहनेको संख्या १३ हजार ६५४ छ भने होम आइशोलेसनमा १७ हजार १६४ जना छन् । नेपालमा पछिल्लो २४ घण्टामा १९ हजार ३२० जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । क्वारेन्टिनमा रहेको संख्या ४ हजार ६८६ छ ।

थप १४ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६१४ पुगेको छ ।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com