कोरोना संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयूमा सारिएको छ । अस्पतालमा भर्ना भएको चौथो दिनमा पनि स्वास्थ्यमा केहि सुधार नआएपछि चौधरीलाई गएरातिदेखि आईसीयूमा सिफ्ट गरिएको चौधरीका स्वकीय सचिव सन्तोष दहितले जानकारी दिनुभयो ।
चौधरीको उपचार बीर अस्पतालमा हुँदै आएको छ । उहाँमा असोज १९ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।
चौधरी स्तन क्यान्सरबाट समेत पीडित हुनुहुन्थ्यो । उहाँले २०७० सालमा स्तन क्यानसरको उपचार भारतको नयाँदिल्लीमा गराउनु भएको थियो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।