राष्ट्रपति चुनाव आउन २५ दिन बाँकी, न्युयोर्कमा मतदाता नामावलीमा दर्ता गर्ने आज अन्तिम दिन


प्रकाशित मिति : आश्विन २३, २०७७ शुक्रबार

अमेरिकामा राष्ट्रपतिको चुनाव आउन अब २५ दिनमात्र बाँकी छ । तर त्यसका लागि न्युयोर्कबासी मतदाताहरुले ख्याल गर्नु केही डेडलाइनहरु रहेका छन् । त्यो डेडलाइन पालना नगरेको खण्डमा न्युयोर्कबासीहरु राष्ट्रपति चुन्ने प्रकृयामा सहभागी हुनबाट वञ्चित हुनसक्नेछन् । यदि तपाईले हालै ठेगाना परिवर्तन गर्नुभएको छ भने पनि आफ्नो नाम चेक गर्न नबिर्सनुहोला ।

मतदाता नामावलीमा आफ्नो नाम भए नभएको चेक गर्न यहाँ क्लीक गर्नुहोला ।

यदि तपाईले अहिलेसम्म मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउनुभएको छैन भने यो बर्ष मतदान गर्नका लागि दर्ता गराउने अन्तिम म्याद आज अक्टोबर ९ सम्ममात्र हो । अक्टोबर ९ सम्म अनलाइनमार्फत मतदाता नामावलीमा आफ्नो नाम समावेश गर्न सकिन्छ ।

मतदाता नामावलीमा आफ्नो नाम सुचीकृत गर्न यहाँ क्लीक गर्नुहोला ।

अक्टोबर ९ को पोष्टमार्कसहित हुलाकमार्फत पनि मतदाता नामावलीमा नाम दर्ता गराउन सकिन्छ । व्यक्तिगत रुपमा मतदाता नामावलीमा नाम दर्ता गराउने म्याद पनि अक्टोबर ९ नै हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मतपत्र प्राप्त गर्नका लागि आवेदन फर्म भर्न यहाँ क्लीक गर्नुहोला ।तपाईले आफ्नो राज्य छनौट गरेपछि सबै प्रकृया हेर्न सक्नुहुनेछ ।

त्यस्तै हुलाकमार्फत मतदान गर्नका लागि अनुरोध गर्ने डेडलाइन अक्टोबर २७ हो । यो मितिसम्म तपाईले अनलाइन वा फ्याक्समार्फत अनुरोध गर्न सक्नुहुन्छ वा हुलाकबाट अनुरोध गर्दा यो मितिमा पोष्टमार्क गरेको हुनुपर्छ । तर चुनावको मितिभन्दा १५ दिन अगाडि नगरिएका अनुरोधमा समयमै मतपत्र पठाउने ग्यारेन्टी हुँदैन ।

त्यस्तै अर्लि मतदान गर्ने मिति न्युयोर्कमा अक्टोबर २४ देखि नोभेम्बर १ सम्म हो । यदि तपाई नोभेम्बर ३ मा मतदान गर्नजान सम्भव नभएको खण्डमा तपाईले यो अवधिमा तोकिएको स्थानमा गएर मतदान गर्न सक्नुहुनेछ ।

आफ्नो मतदानस्थल कुन हो भन्नेबारे अन्यौलमा हुनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com