कोरोना भाइरस जितेका १०० वर्ष नाघेका नेपालीको अनुभव


प्रकाशित मिति : आश्विन २३, २०७७ शुक्रबार

तस्बिर : १०६ वर्षीय शुकदेव दास (दायाँ)/ १०१ वर्षीया गणेशमाया प्रजापति (बायाँ)

सरकारले ६० वर्ष उमेर नाघेका मानिसहरू कोरोनाभाइरसको उच्च जोखिममा रहने भन्दै उनीहरूलाई संक्रमणबाट जोगाउनुपर्ने बताउँदै आएको छ ।

पछिल्लो तथ्याङ्क हेर्ने हो भने मृत्यु हुनेको कुल संख्यामध्ये आधाभन्दा बढी ६१ वर्षमाथिका संक्रमितहरू छन् । तर उमेरका कारण उच्च जोखिममा रहेर पनि कोरोनाभाइरस भएका केही वृद्धवृद्धालाई निको भएको देखिन्छ ।

तीमध्येकी एक भक्तपुरकी १०१ वर्षीया गणेशमाया प्रजापति कोरोनाभाइरस भए पनि अस्पतालको उपचारबिना नै निको भइन् ।

देउता देख्न नपाएको गुनासो
उनका छोरा इन्द्रबहादुर प्रजापतिका अनुसार गणेशमायालाई कोरोनाभाइरसको सङ्क्रमण थाहा भएपछि सामान्य रुघाखोकी मात्रै लाग्यो र घरमै बसेर सामान्य औषधि खाएपछि निको भयो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘एक दिन ग्यास्टिकले गाह्रो भयो भनेपछि अरू बेला खाने गरेकै औषधि खुवायौँ । अरू त केही पनि भएन’ प्रजापतिले भने। प्रजापति आफैँ पनि संक्रमित भए । परिवारमा आमा, दिदी, आफू र छोरा गरी चार जना संक्रमित हुँदा आमाले नै सान्त्वना दिएको पनि उनले बताए ।

“पहिला म आफैँलाई बिफर भएर पनि निको भयो । हैजा पनि देखेँ । भूकम्पहरू पनि देखेँ कोरोनाभाइरस लाग्दैमा डराउन पर्दैन भन्नुहुन्थ्यो’ प्रजापतिले भने।

प्रजापतिका अनुसार उनकी आमाको दैनिकी र खानपानका कारण कोरोनाभाइरसले धेरै गाह्रो नभएको हुनसक्छ । उनले भने-आमा जे भए पनि आत्तिनुहुन्न । लकडाउन अघिसम्म घरनजिकैको मन्दिर र विहार सधैँ आफैँ जानुहुन्थ्यो । कोरोनाभाइरस लागेका बेला ’मन्दिर जान पाइनँ, देउता देख्न पाइनँ, तिमीहरूलाई देख्न पाइनँ भन्नुहुन्थ्यो ।

भारतको बिहार राज्यस्थित पूर्णिया जिल्ला स्थायी घर भई झापाको दमकमा बस्दै आएका १०६ वर्षीय शुकदेव दास पनि कोरोनाभाइरसमुक्त भएका छन् ।

सन् १९१४ ज्यानुअरी महिनाको १८ तारिख आफ्नो जन्म मिति रहेको बताउने दास एक वर्षदेखि दमक महानगरपालिका ९ स्थित भरत सिम्खडाको घरमा बस्दै आएका छन्। सिम्खडा परिवारले झन्डै एक दशकदेखि दासलाई गुरु मान्छन् ।

‘कोरोनाभाइरस देखिनु ७,८ दिन अघि चाहिँ जिउ दुखेको थियो । खोकी पनि लागेको थियो’ दासले बीबीसीसँग भने –तर जब कोभिड लागेको छ भन्ने भयो। त्यतिबेला र त्यसपछि मलाई केही पनि गाह्रो भएन ।

सिम्खडा परिवारको एक सदस्यलाई भदौको दोस्रो साता कोरोनाभाइरस देखिएपछि दाससहित सबैको कोरोनाभाइरसको पीसीआर परीक्षण गरिएको थियो ।

भदौ २० गते कोरोनाभाइरस पुष्टि भएका दासलाई १४ दिनपछि दुई पटक परीक्षण गर्दा दुवै पटक नेगटिभ आएपछि उनी कोरोनाभाइरसमुक्त भइसकेका छन ।

दमक नगरपालिकाले उनको उमेरको ख्याल गर्दै केही परे अस्पताल ल्याउन सिम्खडा परिवारलाई भनेको थियो । तर उनलाई भाइरस पुष्टि भइसकेपछि कुनै खालको अप्ठ्यारो नभएकोले घरमै क्वारन्टीनमा राखिएको भरत सिम्खडाले बताए ।

‘केही परे अस्पताल ल्याइहाल्न उपमेयरले भन्नुभएको थियो तर अरू बेलाजस्तै दैनिक ध्यान, खानपिन गर्न सक्नु भएकोले हामीले अस्पताल पनि लगेनौँ’ सिम्खडाले भने ।

दाससहित सात सदस्यीय सिम्खडा परिवारमा पाँच जना संक्रमित भएपछि सबैको आत्मबल बढाउने काम दासले नै गर्ने गरेको सिम्खडा बताउँछन् ।

‘भूकम्प, बाढी, हैजालगायतका प्राकृतिक प्रकोप र महामारी मैले पहिला पनि देखिसकेको छु । यस्तो बेला केही हुँदैन भनेर मनोबल उच्च राख्नुपर्छ, तनाव लिन हुँदैन भनेर उहाँले नै हामीलाई सम्झाउनुहुन्थ्यो’ सिम्खडा भन्छन् ।

दास स्वयम् आफ्नो आहार, विहार, ध्यान र सकारात्मक सोचले रोग लागे पनि गाह्रो नभएको र सजिलै निको भएको बताउँछन् । ‘चार दशकदेखि म निरन्तर ध्यान, पूजापाठ गर्छु । खानपान पनि शाकाहारी खान्छु। तनाव लिन्नँ । त्यसैले रोग लागे पनि गाह्रो नभएको होला’ दासले भने ।

रोग लागेपछि फेरिएको दैनिकी

कोरोनाभाइरस देखिएपछि प्रजापति र दास बस्दै आएको सिम्खडा परिवारले खानपानमा बढी ध्यान दिएको बताएका छन् । परिवारमा सातमध्ये पाँच जनालाई सङ्क्रमण देखिएपछि दैनिक रूपमा पोषिलो खानेकुरा र तातो पानी नियमित र अन्य समयभन्दा बढी खाने गरेको उनीहरू बताउँछन् ।

‘हिजोआज त दिनका दिन गुर्जो, अदुवा र बेसार पानी खान्छौं । त्यसबाहेक गुरुसहित परिवारमा सबैजना शाकाहारी भएकोले गेडागुडीको रस पनि नियमित खाने गरेका छौं’ सिम्खडाले भने।

प्रजापति पनि रोग प्रतिरोधात्मक क्षमता बढोस् भनेर पहिलाभन्दा खानपानमा बढी ध्यान दिने गरेको बताउँछन् । उनले भने–आमालाई पनि रुघाखोकीको समस्या नहोस् भनेर अदुवा, बेसार अनि गुर्जो पानी दिने गरेका छौँ । स्रोतः बीबीसी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com