न्युयोर्कको एल्म्हर्ष्ट अस्पतालको कम्युनिटी एडभाईजरी बोर्डमा मिलन कुमार शाही नियुक्त


प्रकाशित मिति : आश्विन २१, २०७७ बुधबार

न्युयोर्क सिटी हेल्थ एण्ड हस्पिटल अन्तर्गतको एल्म्हर्ष्ट अस्पताल क्विन्सको कम्युनिटी एडभाईजरी बोर्डमा नेपाली समुदायका मिलन कुमार शाही नियुक्त भएका छन् । अक्टोबर ७, २०२० देखि प्रारम्भ हुने गरी दुई वर्षे कार्यकालको लागि मिलन कुमार शाही सो पदमा नियुक्त भएका छन् ।

यसभन्दा अघि नेपाली समुदायको तर्फबाट दुईजना अस्पतालको कम्युनिटी एडभाईजरी बोर्डमा नियुक्त भएका थिए । विभिन्न समुदायको तर्फबाट अस्पतालको बोर्डमा जम्मा २५ जनालाई नियुक्ति गर्ने प्रावधान छ ।

एल्म्हर्ष्ट अस्पताल

समुदाय र अस्पतालबीचको सम्बन्धलाई मजबुत बनाउन र उपलब्ध स्वास्थ्य सेवा सम्बन्धि जानकारी समुदाय माझमा पुर्याउनको लागि स्थानीय न्युयोर्क सरकारले समुदायका अगुवामध्येबाट अस्पतालको बोर्डमा नियुक्ति गर्ने प्रचलन छ । नेपाली समुदायको प्रतिनिधि अस्पतालको बोर्डमा नियुक्ति भए पश्चात नेपाली समुदायले अस्पतालबाट अधिकतम सुबिधा प्राप्त गर्न सफल रहेको छ ।

हाल एल्म्हर्ष्ट अस्पतालमा उपचारको क्रममा दोभाषे मार्फत नेपाली भाषा समेत प्रयोग हुने भएकोले आम नेपाली समुदायको निम्ति स्वास्थ्य सेवा लिन सजिलो भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मिलन कुमार शाही नेपालको रुपन्देहीको छपियामा  जन्मिएर सन २००३ सालमा डिभी मार्फत स-परिवार अमेरिकाआएका हुन् । उनी रिजवुड नेपाली समाजका उपाध्यक्ष समेत रहेका थिए ।  शाही हाल ”दर्शन ठकुरी समाज”  न्युयोर्कका अध्यक्ष पनि हुन् । लामो समयदेखि न्युयोर्कमा ब्यापार ब्यवसाय गर्दै आएका उनी रियल्टर समेत हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com