उपचारमा रहेका तीन जना कोरोना सङ्क्रमितको मृत्यु


प्रकाशित मिति : आश्विन २१, २०७७ बुधबार

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र लुम्बिनी प्रादेशिक अस्पतालमा एक गरी तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बुटवल धागो कारखानास्थित बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ५ का ७६ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका वडा नं ९ की ५५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले आज बिहान जारी गरेको विज्ञप्तिमा सङ्क्रमण पुष्टि भएपछि यही असोज १६ गते अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएका ७६ वर्षीय पुरुषको गए राति करीब १२ः५० बजे मृत्यु भएको जनाइएको छ । उनमा सुख्खा खोकी, उच्च ज्वरो र उच्च रक्तचाप, मधुमेह, दमलगायत समस्या रहेको विज्ञप्तिमा जनाइएको छ ।

यस्तै असोज १७ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी कोरोना सङ्क्रमित महिलाको आज बिहान साढे ५ बजे मृत्यु भएको डा गौतमले जानकारी दिनुभयो । ती महिलामा ज्वरो, सुख्खा खोकी, उच्च रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।

यस्तै दाङको राप्ती गाउँपालिका वडा नं ८ की कोरोना सङ्क्रमित ७१ वर्षीया महिलाको मङ्गलबार साँझ ६.३० बजे लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी डा गौतमले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ती महिलालाई असोज १७ गते कोरोना पुष्टि भएको र होम आइसोलेशनमा बसेका अवस्थामा ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि मङ्गलबार नै प्रादेशिक अस्पतालमा भर्ना गरिएकामा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com