Follow @khasokhasmag

नेपालमा थप २ हजार ४४० जनामा कोरोना संक्रमण, १९ को मृत्यु


प्रकाशित मिति : आश्विन १९, २०७७ सोमबार

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार ४४० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ६५ हजार २०२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११३३ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७३ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा २३ हजार ५०७ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ११ हजार १९१ जना रहेका छन् । होम आइशोलेसनमा रहनेको संख्या ११ हजार ८९३ छ । अहिले क्वारेन्टाइनमा ४ हजार ३३ रहेका छन् । आज १३ हजार ७८१ जनाको पिसिआर परिक्षण गरिएको छ ।

उपत्यकामा थप १ हजार ५३१ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ११७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जनामा कोरोना संक्रमण देखिएको हो । आइतबार मात्र उपत्यकामा १ हजार ५९९ कोरोना संक्रमित थपिएका थिए ।

थप १९ जनाको मृत्यु

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५५४ पुगेको छ ।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com