Follow @khasokhasmag

सर्वाेच्चका न्यायाधीश र कर्मचारीमा काेराेना संक्रमण


प्रकाशित मिति : आश्विन १८, २०७७ आईतबार

सर्वोच्च अदालतका न्यायाधीशसहित केहि कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित न्यायाधीश, कर्मचारीहरु होम आईसोलेसनमा बसेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ ।

न्यायाधीशसहित केही अधिकृत र कर्मचारीमा कोरोना पुष्टि भएपछि दशैंअघिसम्म नै इजलास प्रभावित हुने देखिएको सर्वोच्च अदालतले जनाएको छ । दैनिक १० वटासम्म इजलासमा मुद्दा सुनुवाई हुँदै आएकोमा आइतबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलास मात्रै गठन भएको छ ।

कोरोनाको जोखिमलाई मध्यनजर गर्दै इजलासको संख्या घटाएको सर्वोच्चको मुद्दा महाशाखाले जनाएको छ ।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com