नेपालमा थप २ हजार १२० जनामा कोरोना संक्रमण, ८ काे मृत्यु


प्रकाशित मिति : आश्विन १७, २०७७ शनिबार

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १२० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार १२० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ६२ हजार ७४० पुगेको छ । पछिल्लो २४ घण्टामा थप २०४४ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७४.१ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा २१ हजार ३०२ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ९ हजार ७७३ जना रहेका छन् । होम आइशोलेसनमा रहनेको संख्या ११५२९ छ । अहिले क्वारेन्टाइनमा ४ हजार २७३ रहेका छन् । आज १२ हजार ९७८ जनाको पिसिआर परिक्षण गरिएको छ ।

उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार १७७ जनामा संक्रमण

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार १७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका १००१, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जनामा कोरोना संक्रमण देखिएको हो । शुक्रबार मात्र उपत्यकामा १६३८ कोरोना संक्रमित थपिएका थिए ।

थप ८ जनाको मृत्यु

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२८ पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com