अर्घाखाँचीका सिडियो र सहायक सिडियोलाई कोरोना संक्रमण


प्रकाशित मिति : आश्विन १६, २०७७ शुक्रबार

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र सहायक प्रजिअ विक्रम थापालाई कोरोना संक्रमणको पुष्टि भएको छ । ज्वरो र रुघाखोकी लागेका प्रजिअ पौडेलको कोभिड–१९ परीक्षण प्रयोगशाला गुल्मीमा गरिएको परीक्षणमा बिहीबार रिपोर्ट पोजिटिभ आएको हो । प्रजिअ थापालाई भने कुनै लक्षण देखिएको छैन् ।

उहाँहरुसँगै सुरक्षा गार्ड र गाडी चालकलाई पनि कोरोना पोजेटिभ देखिएको छ । उनीहरु केही दिन अघि सन्धिखर्क नगरपालिकाको भुजुंगे र शीतगंगा नगरपालिकाको कोठिया मैदानमा पहिरो पीडितलाई राहत वितरण गरेर फर्केपछि लक्षण देखिएको प्रजिअ पौडेलले बताउनु भयो । अहिले पौडेल र थापा दुवै जना होम आइसोलेसनमा हुनुहुन्छ ।

अर्का सहायक प्रजिअ विनोद खनाललाई भने संक्रमण नभएकोले कार्यालयमा काम नरोक्ने बताउनु भएको छ । ‘प्रजिअ, सहायक प्रजिअ लगाएतसहित ४ जनालाई कोरोना पोजेटिभ देखिएको छ, उहाँले भन्नुभयो, म लगायतका कर्मचारीले सामाजिक दूरी कायम गरेर प्रशासनको काम निरन्तर राख्छौं ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com