नेपालमा कोरोना संक्रमणबाट पहिलो पटक चिकित्सकको मृत्यु !


प्रकाशित मिति : आश्विन १५, २०७७ बिहीबार

कोरोना भाइरस संक्रमणका कारण नेपालमा पहिलो पटक चिकित्सकको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतका ५८ वर्षका वरीष्ठ चिकित्सकको नेपालगञ्जको भेरी अस्पतालको मृत्यु भएको अस्पतालका मेसु डा. प्रकाश थापाले पुष्टि गरे ।

उनी प्रादेशिक अस्पताल सुर्खेतमा प्रमुख कन्सल्टेन्ट अर्थाेपेडिक सर्जनका रुपमा कार्यरत थिए । उनलाई सुर्खेतमै भाइरस संक्रमण भएको थियो । सुरुमा उनलाई त्यही उपचार गरिएको थियो । तर अवस्था सुधार नभएपछि असोज २ गते सुर्खेतबाट ल्याएर भेरी अस्पतालमा भर्ना गरिएको थियो । रेमडिसिभिर औषधिसँगै उनलाई दुईपटक प्लाज्मा थेरापीबाट पनि उपचार गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com