Follow @khasokhasmag

नेपालमा थप १ हजार ९ सय ११ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु


प्रकाशित मिति : आश्विन १५, २०७७ बिहीबार

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९११ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ५७ हजार ३८९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९६१ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७१.९ प्रतिशत संक्रमित निको भएका छन् ।

उपत्यकामा थप ९४३ जनामा संक्रमण

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जनामा कोरोना संक्रमण देखिएको हो । बुधबार मात्र उपत्यकामा ९०२ कोरोना संक्रमित थपिएका थिए ।

थप ११ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५०९ पुगेको छ ।

देशभर कहाँ कति थपिए कोरोना संक्रमित ? (विवरण)

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com