नेपालमा थप १५५९ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु


प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५५९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ५५९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ५६ हजार ४२८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १०५७ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७२ं.५ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा २० हजार ८९१ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा १० हजार ८७ जना रहेका छन् । अहिले क्वारेन्टाइनमा ५ हजार ४२८ रहेका छन् । आज १२ हजार २०५ जनाको पिसिआर परिक्षण गरिएको छ ।

उपत्यकामा थप ९०२ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ जनामा कोरोना संक्रमण देखिएको हो । मंगलबार मात्र उपत्यकामा ९३४ कोरोना संक्रमित थपिएका थिए ।

थप ७ जनाको मृत्यु

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४९८ पुगेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com