वैदेशिक रोजगार कार्यालयका कर्मचारीलाई कोरोना, श्रम स्वीकृति बन्द
प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार

वैदेशिक रोजगार कार्यालय, ताहाचलबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द गरिएको छ। कार्यालयमा कार्यरत कर्मचारीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि सबै सेवा रोकिएको विभागले जनाएको छ ।
अर्को सूचना जारी नभएसम्मका लागि बुधबारदेखि कार्यालयबाट प्रवाह गरिने सम्पूर्ण सेवा बन्द गरेको जनाइएको छ। निषेधाज्ञापछि ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको थियो ।