नेपालमा थप १५१३ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु


प्रकाशित मिति : आश्विन १३, २०७७ मंगलबार

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५१३ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ५१३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ५५ हजार ३७१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७३१ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७२ं६ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा २० हजार ३९६ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ९ हजार ८८९ जना रहेका छन् । अहिले क्वारेन्टाइनमा ५ हजार ७२८ रहेका छन् । आज १० हजार ९१ जनाको पिसिआर परिक्षण गरिएको छ ।

उपत्यकामा थप ९३४ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ७४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनामा कोरोना संक्रमण देखिएको हो । सोमबार मात्र उपत्यकामा ८१७ कोरोना संक्रमित थपिएका थिए ।

थप १० जनाको मृत्यु

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४९१ पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com