नेपालमा थप १२०७ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु


प्रकाशित मिति : आश्विन १०, २०७७ शनिबार

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २०७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २०७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ५३ हजार १३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप एक हजार १ हजार १४७ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७३.८ प्रतिशत संक्रमित निको भएका छन् ।

हाल नेपालमा १८ हजार ३४१ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ७ हजार ८३३ जना रहेका छन् । होम आइसोलेशनमा रहनेको संख्या १० हजार ५०८ छ । अहिले क्वारेन्टाइनमा ६ हजार ३३१ रहेका छन् । आज १० हजार १९ जनाको पिसिआर परिक्षण गरिएको छ ।

काठमाडौं उपत्यकामा थप ७२४ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनामा कोरोना संक्रमण देखिएको हो । शुक्रबार मात्र उपत्यकामा ६४५ कोरोना संक्रमित थपिएका थिए ।

थप ८ जनाको मृत्यु

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४६७ पुगेको छ ।

देशभर कहाँ कति थपिए ? (विवरण)

No description available.

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com