नेपालमा थप १३१३ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु


प्रकाशित मिति : आश्विन ९, २०७७ शुक्रबार

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३१३ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ३१३ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ५१ हजार ६८८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप एक हजार ४ सय ५५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

उपत्यकामा थपिए ६४५ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनामा कोरोना संक्रमण देखिएको हो ।

 थप ६ जनाको मृत्यु

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति थपिए संक्रमित ? (विवरण)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com