अमेरिका निवासी सरिता मरासिनीको ‘झल्को गामको’ मा दशैंमा स्वदेश फर्कन नसकेको परदेशीको कथा


प्रकाशित मिति : आश्विन ८, २०७७ बिहीबार

अमेरिकाको केन्टकी निवासी सरिता मरासिनीको लोकगीत झल्को गामको सार्वजनिक गरिएको छ । दशैंमा स्वदेश फर्कन नसकेको पीडा समेटिएको उक्त गीतमा सरिता मरासिनीको शब्द, शान्तिश्री परियार र राजन कार्कीको स्वर रहेको छ ।

सागर लामाको लय सिर्जना रहेको गीतको म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् । गीतमा सुरविर पण्डित, रश्मि भट्ट, सुमन परियार, चिजा तामाङ र पुजा भट्टको अभिनय रहेको छ । म्युजिक एरेन्जर सुनिल परियार रहेका छन् ।

यो गीत गाउँकै याद र पाखा पखेरालाई बिर्साउन परदेशीको कथा र आमाको व्यथालाई उजागर गर्ने सन्देशमुलक रहेको गीतकार सरिता मरासिनीले बताइन् । गीतमा दशैंमा स्वदेश फर्कन नसकेर बुबाआमाको टिका र आशिर्वाद लिन नपाएको परदेशीको कथा रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com