Follow @khasokhasmag

नेपालमा थप १ हजार ४९७ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु


प्रकाशित मिति : आश्विन ८, २०७७ बिहीबार

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४९७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४९७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ५० हजार ४११ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४५७ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७२.७ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा १८ हजार ४३७ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ८ हजार ६१४ जना रहेका छन् । होम आइसोलेशनमा रहनेको संख्या ९ हजार ८२३ छ । अहिले क्वारेन्टाइनमा ६ हजार ५६५ रहेका छन् । आज ११ हजार ४४९ जनाको पिसिआर परिक्षण गरिएको छ ।

उपत्यकामा थपिए ७५५ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जनामा कोरोना संक्रमण देखिएको हो । बुधबार मात्र उपत्यकामा ६३७ जनामा संक्रमण देखिएको थियो ।

थप १७ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित ? (विवरण)

 

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com