प्रधानमन्त्रीले भने-बैशाख ३१ मै चुनाव हुन्छ !


प्रकाशित मिति : बैशाख १७, २०७४ आईतबार

बैशाख ३१ गतेको चुनाव सर्छ भनेर दुबिधामा नपर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैलाई आग्रह गरेका छन् ।
बैशाख ३१ गते नै निर्वाचन हुन्छ, अब कुनै खालको कन्फ्युजन तपाईं मिडियाका साथीहरुले पर्न र पार्न जरुरी नरहेको प्रधानमन्त्रीको भनाई छ ।
आगामी १९ गते उत्सवको रुपमा उम्मेदवारी दर्ताको वातावरण बनाउन व्यवस्थापिका संसदको आजको बैठक स्थगित गर्नुपरेको जानकारी दिदै उम्मेदवारी दर्ता पछि २१ गते बस्ने संसद बैठकमा संविधान संशोधन प्रस्तावबारे छलफल हुने बताएका हुन् ।
‘१९ गते नोमिनेसनको वातावरण बनोस् भन्नाका लागि २१ गते बैठक राखिएको जनाईएको छ ।आइतबारको संसद बैठकपछि पत्रकारहरुसंग कुरा गर्दै एउटा उत्सवकै रुपमा नोमिनेसन गराउने अनि ३१ को निर्वाचनको तयारी गर्ने,’ बताएको हो । सहमतिको वातावरण बनाउनका लागि २१ गतेसम्मका लागि संसद बैठक स्थगित गरिएको सभामुख ओनसरी घर्तीले जानकारी दिएकि छिन् ।

प्रधानमन्त्री प्रचण्डले संशोधन प्रस्ताव र उम्मेदवारी दर्ता सँगसँगै अघि बढाउने परिस्थिति बनेको जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com