Follow @khasokhasmag

नेपालमा थप ११७२ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु


प्रकाशित मिति : आश्विन ७, २०७७ बुधबार

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १७२ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार १७२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ४९ हजार ९५४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १८९३ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७२ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा १७ हजार ४१४ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ८ हजार २२८ जना रहेका छन् । होम आइसोलेशनमा रहनेको संख्या ९१८६ छ । अहिले क्वारेन्टाइनमा ७ हजार १०४ रहेका छन् । आज ९ हजार १४९ जनाको पिसिआर परिक्षण गरिएको छ ।

थप ७ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४३६ पुगेको छ ।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com