अस्पतालमा रहेका विजयको प्रश्नः कोरोनासँग जुधिरहेका स्वास्थ्यकर्मीको सुविधा बढाउन सकिदैन ?


प्रकाशित मिति : आश्विन ७, २०७७ बुधबार

नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना भाईरससँग जुधिरहेका ज्यानको बाँजी राखेर अहोरात्र खटिएका स्वास्थ्यकर्मीप्रति सम्मान व्यक्त गरेका छन् । स्टार अस्पतालमा उपचाररत लामाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै कोरोना भाईरससँग जुधेँका स्वास्थ्यकर्मीको सेवा सुविधा बढाउन पनि आग्रह गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन् :-

पीपीईमा सबै एकै देखिन्छन। अस्पतालमा भर्ना भएको करिब १० दिन बितिसक्दा पनि कसैलाइ चिन्न सकेको छैन । यो कोभिडको कहरमा यस्तै हुदो रहेछ । बिहानको समय।

उहाँहरु सबैले कष्ट सहेर, ज्यान बाजिमा लगाएर हामी जस्ता संक्रमणमा परेकालाई नयाँ जीवन दिनलाई अहोरात्र खटिएर सेवा पुर्याउनु भएका छन् ।

घर जान पाउनु हुन्न, दिनमा १२ घन्टाको duty हुन्छ।। PPE दुई चोटि मात्र फेर्न पाउँछन् ! तर एकचोटी लगाए पछि लगातार ६/७ घन्टा लगाएर बस्नु पर्छ र त्यो समय न त शौचालय प्रयोग गर्न पाउँछन् ,, न त केही पिउन या खान नै पाइन्छ, न त गर्मी भएर छ्यापछ्याप ती पसिना आउदा नै फुकाल्नु मिल्छ!

यसरी खटिएकाहरुको लागि सरकारले कुनै सुविधा दिलाउनु सकिन्न ? उल्टै तनखा पनि घटाएर काममा खटाउने ? कुनै बिमा गराउनु पर्दैन ? यो कतिको न्यायपुर्ण छ ?

आज हाम्रो नयाँ जीवन प्राप्तिमा उहाँहरुको ठूलो साथ भएको कुरामा दुई मत छैन ! आभार छु सबै medical team प्रती !!

बिनोद चौधरी दाई, डा.भोला रिजाल ज्यु, राजेन्द्रबहादुर सिंह भाइ अनि सम्पुर्णमा मेरो आग्रह यो छ कि केही बोलिदिनुस। केही गरिदिनुस उहाँहरुको लागि हाम्रा सन्तान नै हुन !!

अन्याय हुन न दिनुस.. तलब कटाएर होइन।। बढाएर अनि सुबिधा थपेर बल्लियो बनाउन पर्छ। भोलिका दिन हरु कठिन छन अझै !!

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com