नेपालमा थप १ हजार ३५६ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु


प्रकाशित मिति : आश्विन ६, २०७७ मंगलबार

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ३५६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ४८ हजार ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८२३ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७२ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा १८ हजार १४२ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ९ हजार १९३ जना रहेका छन् । होम आइसोलेशनमा रहनेको संख्या ८९४९ छ । अहिले क्वारेन्टाइनमा ७ हजार १७१रहेका छन् । आज ११ हजार १५४जनाको पिसिआर परिक्षण गरिएको छ ।

थप २ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२९ पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com