नेपाली काँग्रेससँग समान विचारधारासहित अमेरिकामा यूथ कांग्रेस नेपाल, संयोजक सुरेशदर्पण


प्रकाशित मिति : आश्विन ५, २०७७ सोमबार

नेपाली काँग्रेससँग समान विचारधारा र सिद्धान्त रहेको यूथ कांग्रेस नेपाल अमेरिकाको संयोजकमा सञ्चारकर्मी एवं चलचित्र निर्देशक सुरेशदर्पण पोखरेललाई नियुक्त गरिएको छ । यूथकांग्रेस नेपालका केन्द्रीय संयोजक सचिन तिमिल्सिना द्वारा जारी प्रेस विज्ञप्तिमा हाल अमेरिकाको मेरिल्यान्डमा बसोबास गरिरहेका पोखरेललाई अमेरिकाको संयोजकको रुपमा नियुक्त गरिएको जानकारी गराइएको हो ।

देशभक्त तथा लोकतन्त्रवादी युवाहरु संगठित भइ लोकतन्त्रलाई सुध्रिढ बनाउन, सामाजिक न्याय सहितको समुन्नत समाज निर्माणगर्न, नागरिक स्वतन्त्रता, राजनैतिक स्वतन्त्रता, सामाजिक स्वतन्त्रता र आर्थिक स्वतन्त्रताको पक्ष्यमा उभिन , लोकतन्त्रको मुलभूतसिद्दान्त, विधिको शासन तथा सुशाशनको वकालत गर्न, राष्ट्रियता , प्रगतिशीलता, स्वतन्त्रता तथा संबिधान द्वारा प्रदत्त हकलाईप्रबर्र्धन गर्ने उदेश्यका साथ ‘ युथ कांग्रेस नेपाल ‘ स्थापना भएको पोखरेलले जनाएका छन् ।

नवनियुक्त संयोजक पोखरेलले युथ कांग्रेस नेपाल कुनै पनि राजनैतिक पार्टीको हस्तक्षेपबाट बाहिर रहने र कुनैपनि राजनैतिकदलसंग आवद्ध नहुने तर यसका मुल सिद्धान्तहरु नेपाली कांग्रेस पार्टीको बिचारधरा संग समान रहने जानकारी दिए । साथै १८ वर्षदेखि ४० वर्ष भित्रका प्रजातान्त्रिक सिद्धान्तमा विश्वास राख्ने जो कोही, अमेरिकामा बसोबास गरिरहेका नेपाली भाषीले यसको सदस्यता लिन सक्ने पनि पोखरेलले बताएका छन् ।

अमेरिकामाप्रजातान्त्रिक मान्यता अंगीकार गरी कार्य गरिरहेका नेपाली तथा अमेरिकी संघसंस्थाहरुसँगको संयोजन र सहकार्यबाट नेपालमाराजनीतिक आर्थिक र समुन्नत विकासका निम्ति यूथ कांग्रेस नेपाल, अमेरिकाले कार्य गर्ने बताइएको छ ।

पोखरेल नेपाली चलचित्रका निर्देशक तथा मिडियाकर्मी हुन् । उनले निशा, भूलभए माफ गर, थ्री लभर्स, मिस यु लगायतका चलचित्र निर्देशन गरेका छन् । उनले लामो समय नेपालका एफएम र टेलिभिजनहरुमा समेत काम गरे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com