Follow @khasokhasmag

नेपालमा थप १ हजार १५४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु


प्रकाशित मिति : आश्विन ५, २०७७ सोमबार

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १५४ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार १५४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ४७ हजार २३८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ५ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७२ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा १७ हजार ६११ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ८ हजार ९२१ जना रहेका छन् । अहिले क्वारेन्टाइनमा ७ हजार ४०३ रहेका छन् । आज ९ हजार ५३३ जनाको पिसिआर परिक्षण गरिएको छ ।

उपत्यकामा थप ६७४ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ५३८, ललितपुरमा ६२ र भक्तपुरमा ७४ जनामा कोरोना संक्रमण देखिएको हो ।

थप १६ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२७ पुगेको छ ।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com