नेपालमा थप १२०४ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु


प्रकाशित मिति : आश्विन ३, २०७७ शनिबार

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २०४ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २०४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ४५ हजार २६७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १४४७ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७२ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा १७ हजार १२९ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ९ हजार १५३ जना रहेका छन् । होम आइशोलेशनमा ७ हजार ९७६ रहेका छन् । अहिले क्वारेन्टाइनमा ७ हजार ७३५ रहेका छन् । आज १० हजार ३३३ जनाको पिसिआर परिक्षण गरिएको छ ।

थप ११ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४०१ पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com