न्युयोर्कको लङआइल्याण्डमा रक्तदान: सेप्टेम्बर ६, २०२० ‘विश्वराज बास्तोला डे’


प्रकाशित मिति : आश्विन २, २०७७ शुक्रबार

नेपाली जनसम्पर्क समिति न्युयोर्क लङआइल्याण्ड च्याप्टरले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको १०७ औं जन्मदिनको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ८० रक्तदाताले रगतदान गरेका छन् ।

च्याप्टर सभापति विश्वराज वास्तोलाले कोरोना महामारीको यो जटिल अवस्थामा मानविय धर्म निवार्ह गर्ने उदेश्यले रक्तदान कार्यक्रम गरेको जनाएका छन् । बास्तोलाले कार्यक्रममा रगत दान गर्ने तथा सहयोगी सबैमा धन्यवाद ज्ञापन समेत गरेका छन् ।

रक्तदान कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य आनन्द विष्ट, संगठन बिभाग प्रमुख वेदप्रसाद खरेल, नेजस अमेरिकाका पूर्व संयोजक विष्णु सुवेदी, महासचिव मुनिन्द्र नेम्वाङ लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी एनआरएनए क्षेत्रीय संयोजक संजिव श्रेष्ठ, न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी, पत्रकार अनिल अधिकारी, शेर्पा किदुंगका अध्यक्ष उर्गेन शेर्पा, धादिंग नेपाली समाजका अध्यक्ष दिवाकर पाण्डे, अधिवक्ताद्वय वासु फूलारा, शिव खनाल कांग्रेस नेता अन्जान चौलागाई, पंडित पिपलमणि सिग्देल सहितका उपस्थित भएका थिए ।

च्याप्टर सभापति बास्तोलाले कार्यक्रम सफल पार्न सहयोग र प्रोत्साहन गर्ने विश्व रक्तदाता अर्जुनप्रसाद मैनाली स्वयंसेवीहरु, लङआइल्याण्ड नेपाली समाजका पूर्व अध्यक्ष टिका ढकाल, दुर्गेस कार्की एवं समाजका उपाध्यक्षद्वय वसन्त चापागाई र राजन गौली, महासचिव अमित सिंह, सचिव वावुराम शर्मा, नरेन्द्र सुवेदी सहितका व्यक्तिहरुप्रति आयोजकले आभार व्यक्त गरेका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रक्तदान कार्यक्रममा नेपाली जनसम्पर्क समिति लङआइल्याण्ड च्याप्टरका महासचिव विनिता भूजेल, कार्यक्रम संयोजक विदुर सापकोटा सहितका सदस्यहरुले सहयोगी भुमिका निभाएका थिए । त्यसैगरि रक्तदान कार्यक्रममा वेस्टरवे टाउनका प्रतिनिधि ह्यारी मलहोत्रापनि सहभागी भएका थिए ।

सेप्टेम्बर ६, २०२० को दिन विश्वराज बास्तोलाप्रति समर्पित

नेपाली जनसम्पर्क समिति, अमेरिका, लङआइलेण्ड शाखाका सभापति विश्वराज बास्तोलालाई सम्मान गर्दै वेष्टर बे टाउनले सेप्टेम्बर ६, २०२० को दिन बास्तोलाप्रति समर्पित गरेको छ ।

सामाजिक अभियन्ता बास्तोलाका परिवारका पाँचैजना रक्तदाता छन् । सेप्टेम्बर ६ का दिन नेजस लङआइल्याण्डले आयोजना गरेको रक्तदान कार्यक्रममै पुगेर वेष्टर बे टाउनका मेयरका प्रतिनिधिले बास्तोलालाई सम्मान स्वरुप प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

गत फेब्रुअरीमा पनि बास्तोलालाई न्युयोर्क राज्यका विधानसभा सदस्य माईकल मन्टेसानोले सामाजिक अगुवा र मानव अधिकार रक्षकको रुपमा सम्मान गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com