KHASOKHAS ON GOOGLE NEWS Fact Checking Stories of Hope Resource Center Donate to Khasokhas KHASOKHAS MAGAZINE Terms of Service/Privacy Policy (English)

नेपालमा एकैदिन हालसम्मकै धेरै २ हजार २० जना कोरोना संक्रमण

प्रकाशित मिति : आश्विन २, २०७७ शुक्रबार

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार २० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ४३ हजार ८२० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८७१ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७१.१ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा १७ हजार ३८३ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ९ हजार २९५ जना रहेका छन् । होम आइशोलेशनमा ८ हजार ८८ रहेका छन् । अहिले क्वारेन्टाइनमा ७ हजार ७३६ रहेका छन् । आज ११ हजार ४५८ जनाको पिसिआर परिक्षण गरिएको छ ।

थप ७ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३९० पुगेको छ ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral
Magazine Layout: Deel Gurung

Contact Us

© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com