कुलमानको पुर्ननियुक्तीको माग गर्दै अमेरिकामा नेपालीहरुको प्रर्दशन


प्रकाशित मिति : आश्विन १, २०७७ बिहीबार

नेपाल बिद्युत प्राधिकरणका निर्वतमान कार्यकारी प्रमुख कुलमान घिसिङको पुनःनियुक्तीको माग गर्दै अमेरिकामा नेपालीहरुले बिरोध प्रर्दशन गरेका छन् । अमेरिकाको न्यूयोर्कस्थित ज्याक्शन हाइटमा जम्मा भएर गैरआवासीय नेपालीहरुले कुलमानले पुनः निरन्तरता पाउनुपर्ने माग राखेका हुन् ।

प्ले कार्ड सहित उपस्थित भएका नेपालीहरुले हाम्रो होइन राम्रो मान्छेलाई पुर्ननियुक्ती दे, उज्यालो नेपालका अभियान्ताले निरन्तरता पाउनु पर्छ, कुलमान जिन्दावाद, जनताको चाहना कुलमानको निरन्तरता लगायतका नारा समेत लगाएका थिए ।

आदिवासी जनजाती महासंघले आयोजना गरेको कार्यक्रममा उपस्थितहरुले नेपाललाई अन्धकारबाट उज्यालोमा लैजाने कुलमानले पुर्ननियुक्ती पाउनुपर्ने धारणा राखेका छन् । यस्तै आफ्नो मातृभूमी नेपाल अब अन्धकार मुक्त हुन कुलमानले निरन्तरता पाउनै पर्ने उनिहरुको माग थियो । कार्यक्रममा स्थानिय संघ सस्थाका प्रतिनिधिहरुको समेत उलेख्य सहभागिता रहेको थियो ।

महासंघका अध्यक्ष लोक चेम्जोङले ओली सरकारले जनताको चाहना बुझेर तुरुन्त पुर्ननियुक्ती दिनुपर्ने धारणा राखे । उनले राम्रो काम गर्ने कर्मचारीलाई निरन्तरता दिन संबिधान र कानुनले समेत नछेक्ने भन्दै यस्तो माग राखेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चार बर्षे कार्यकाल सकेर प्राधिकरणबाट भर्खरै अवकास पाएका निवर्तमान कार्यकारी प्रमुख घिसिङले निरन्तरता पाउनुपर्ने भन्दै यतीखेर सामाजिक संजाल र सडकहरुमा सरकारका बिरुद्धमा नाराबाजी भाईरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com